अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी, हौसला बढाउदै राजेश

पाेखरा | भदौ १, २०७९

अभावमा सफलता खोज्दै फेन्सिङ खेलाडी, हौसला बढाउदै राजेश

कास्कीका फेन्सिङ खेलाडी अभावमा सफलता खोज्दैछन् ।कार्यालय र प्रशिक्षण गर्ने ठाउँ नभएर समस्यामा परेका खेलाडीलाई उर्जा थप्न राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश कुमार गुरुङको सहयोग महत्वपूर्ण बनेको छ । 

 

एक महिना अगाडि पोखरा रंगशालामा रहेको मल्टिप्रपोज हलमा प्रशिक्षण हलमा प्रशिक्षण गर्ने व्यवस्था मिलाएका सदस्य गुरुङले मंगलबार प्रशिक्षण स्थलको निरिक्षण गरें ।

 

तहाँ पुग्दा आर्थिक अवस्था कमजोर हुँदा दैनिक रुपमा प्रशिक्षणमा आउन खेलाडीलाई समस्या पर्ने गरेको उनले थाहा पाए । अनि तत्कालै उनले ६ जना फेन्सिङ खेलाडीलाई नगद सहयोग गरें । सहयोग हस्तान्तरण  गर्दै उनले  ३९ वर्षपछि गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको राम्रो तयारी गर्न खेलाडीलाई सुझाए ।  गुरुङ नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगतको खेल मैदान व्यवस्थापन उपसमितिका संयोजक समेत हुन् ।

 

आठांै खेलकुद प्रतियोगितामा टिम इभेन्टमा काँस्य पदक हात पारेका फेन्सिङ खेलाडी यसपाली अझ उच्च मनोबलका साथ प्रतिष्पर्धामा उत्रने जिल्ला फेन्सिङ संघ कास्की अध्यक्ष विजय शाहीले बताए ।
कास्की जिल्लामा झण्डै ६० जना फेन्सिङ खेलाडी रहेको भएपनि आफूहरुले अहिले जुनियरलाई फोकस गरेको शाहीले सुनाए । हुनत यहाँ सातौ देखि खेलेका खेलाडी पनि छन्’उनले भने । फेन्सिङका खेलाडीले पर्फमेन्सको आधारमा अवसर पाइरहेको उनले सुनाए । यसपाली महिला र पुरुष दुवै तर्फको टिम राम्रो रहेको उनको भनाई छ ।

 

‘इकुप्मेन्ट नहुँदा समस्या परेको छ । आजसम्म एक थोपा पानी पनि सहयोग छैन, जेनतेन आइरहेका छन् ।  गुनासो खासै सुनुवाई भएको छैन ।  तरपनि राम्रो गर्ने कोशिस गरिरहेका छौँ’ अध्यक्ष शाहीले भने । राखेप सदस्य गुरुङले गरेको सहयोगले केही मलमपट्टी भने लागेको उनले सुनाए ।
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्